शुक्रबार, वैशाख १४, २०८१

एमाले अध्यक्ष केपी ओलीलाई कालो झण्डा देखाउने प्रहरी नियन्त्रणमा

नेपालखोज २०७९ असोज ८ गते १३:३१

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन प्रयास गर्ने १२ जना पक्राउ परेका छन् । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजना हुन लागेको नेकपा एमालेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका ओलीलाई कालो झण्डा देखाउने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

दुवै सदनबाट पारित गरिएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको र त्यसमा एमालेले समर्थन गरेको भन्दै युवाहरूले ओलीलाई कालो झण्डा देखाउने तयारी गरेका थिए ।

प्रतिक्रिया