बिहीबार, वैशाख १३, २०८१

नेपाल टेलिकमद्वारा दशैं अफर सार्वजनिक

नेपालखोज २०७९ असोज ८ गते १६:५३

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा भोलि असाेज ९ देखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर उपलब्ध गराउने भएको छ ।

उक्त अफरहरु दशैंका अवसरमाअसोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने बताइएकाे छ । डाटा प्याक अन्तर्गत दुई सय ९४ रुपैयाँमा मा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैंयाँमा ६ जीबी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ ।

त्यसैगरी एब दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैंयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैंयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र . ५०० रूपैयाँ भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने बताइएकाे छ ।

यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क भ्वाईस ओभर लेटे (भोल्टे) सेवा पनि उपलब्ध गराइएको छ । उल्लेखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले एस्ट्रीक १४१५ ह्यास डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया