शुक्रबार, वैशाख ७, २०८१

डेंगु नियन्त्रणका लागि स्वास्थ्य विभागको प्रशिक्षण

नेपालखोज २०७९ असोज ८ गते १७:१४

काठमाडौं । डेंगु रोग नियन्त्रण गर्न तथा यसबारे जनचेतना फैलाउनका लागि स्वास्थ्य सेवा विभागले जाग्यो नेपालका स्वयंसेवकहरुलाई प्रशिक्षण दिएको छ।

स्वास्थ्य सेवा विभागमा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल प्राविधिक धनप्रसाद पौडेल, प्रा.डा. मुरारिलाल दास, डा. गोकर्ण दाहाल, डा. भोला नेपाल लगायतले जाग्यो नेपालका स्वयंसेवक तथा चिकित्सा शास्त्रका विद्यार्थीलाई प्रशिक्षण दिएका हुन् ।

कार्यक्रममा जाग्यो नेपालका संयोजक विजय कँडेल, सचिव पुरुषोत्तम गजुरेल, पर्यटन क्षेत्रका जानकार विजय प्रधान, सामजिक क्षेत्रमा सक्रिय युवा तथा मेडिकल विद्यार्थी मिलन अर्याल लगायत ३ दर्जन स्वयंसेवकको उपस्थित थिए ।

जाग्यो नेपालले यहि असोज १५ गते संचालन गर्ने डेंगुमाथि विजय महाअभियान प्रभावकारी बनाउन स्वयंसेवलाई प्रशिक्षणको व्यवस्था गरीएको जाग्यो नेपालका संयोजक विजय कँडेलले बताए। ‘हामी आफैँले टोलटोलमा सरसफाई गरी लामखुट्टेका लार्भा नष्ट गर्ने तरीका सिक्न स्वास्थ्य सेवा विभागलाई प्रशिक्षणका लागि अनुरोध गरेका हौं ।’, कँडेलले भने, ‘१५ गते देशवासी सबैलाई यस महाअभियानमा जुट्न जाग्यो नेपाल हार्दिक अनुरोध गर्दछ ।’

प्रतिक्रिया