शुक्रबार, चैत १६, २०८०

आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ : अध्यक्ष ओली

नेपालखोज २०७९ असोज ८ गते २०:२७

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।

धनुषाको विदेह नगरपालिकास्थित–३ कौरिया चोकमा एमाले धनुषाद्वारा आज आयोजित जनसभामा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाए ।

उनले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेको आरोप लगाउँदै भने, ‘कोही प्रहरी अहिलेको गठबन्धन तिर लाग्दैन भन्ने शंका लागेको ठाउँमा प्रहरी सरुवा गर्ने, कर्मचारी सरुवा गर्ने काम गरेको छ ।’

प्रतिक्रिया