शुक्रबार, चैत १६, २०८०

सुनचाँदीको मूल्य घट्यो

नेपालखोज २०७९ असोज ९ गते १०:४८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेको छ । छापावाल सुन आइतबार ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि एक हजार रुपैयाँ नै घटेको छ । तेजाबी सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ हजार ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया