बिहीबार, वैशाख ६, २०८१

२४ अंकले नेप्से घट्दा एक अर्ब सात करोडको सेयर किनबेच

नेपालखोज २०७९ असोज ९ गते १५:४२

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नै नेप्से उच्च अंकले घटेको छ । नेप्से आज (आइतबार) २३ दशमलव ८३ अंकले घटेर १८ सय १५ दशमलव १३ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८३ अंकले घटेर तीन सय ५५ दशमलव ६० अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय २८ वटा कम्पनीको २२ हजार ६ सय ८३ पटकको कारोबारमा ४० लाख १४ हजार चार सय १९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आइतबार १३ वटा समुहको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सुचक नौ दशमलव पाँच अंकले घटेर १२ सय ७२ दशमलव तीन अंकमा झरेको छ । बिकास बैंक समूहको सूचक पनि ४९ दशमलव ३१ अंकले घटेर तीन हजार दुई सय दशमलव ४९ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक पनि ५० दशमलव २९ अंकले घटेर १९ सय ३० दशमलव ४३ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि ५९ दशमलव एक अंकले घटेर सात हजार चार सय २७ दशमलव ५८ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ६३ दशमलव तीन अंकले घटेर आठ हजार ६ सय ६१ दशमलव ५४ अंकमा झरेको छ । फाईनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज अभियान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ४७ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा तेह्थुम पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पनि सात दशमलव ९० प्रतिशतले घटेर तीन सय ५२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आइतबार लक्ष्मी बैंकको प्रतिकित्ता एक सय ९३ रुपैयाँ अन्तिम मूल्यमा २६ करोड दुई लाख ५७ हजार पाँच सय १८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया