शुक्रबार, वैशाख ७, २०८१

युरो एकको खरिददर १२५ रुपैयाँ ३१ पैसा, बिक्रीदर १२५ रुपैयाँ ८९ पैसा

नेपालखोज २०७९ असोज १० गते ९:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२९ रुपैयाँ २९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२५ रुपैयाँ ८९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ६ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ३६ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया