शुक्रबार, वैशाख १४, २०८१

हिमाल दोलखा हाइडोपावरको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल

नेपालखोज २०७९ असोज १० गते २०:२६


काठमाडौं । हिमाल दोलखा हाइडो पावर कम्पनी लिमिटेडले हकप्रद सेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त छ ।

सो सम्बन्धमा यहि असोज ९ गतेका दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको यस हिमाल दोलखा हाइडो पावर कम्पनीको हालको पुँजी १, ६०,००,००,००० को प्रति सेयर अंकित रु १०० को दरले १ कित्ता सेयरको ०.७५ प्रतिशत को अनुपातमा १,२०,००,००० कित्ता हकप्रद सेयर निकाष्शन गर्ने छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।

प्रतिक्रिया