मंगलबार, वैशाख ११, २०८१

चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण योजना सार्वजनिक

नेपालखोज २०७९ असोज १० गते २०:५८

कास्की । नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्कीले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण योजना सार्वजनिक गरेको छ । प्रहरीको कार्ययोजना अनुरुपका कार्यक्रम सञ्चालन गरी ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त गराइ चाडपर्वमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गरी आमनागरिकलाई सुरक्षित राख्नु कार्ययोजनाको मुख्य लक्ष्य रहेको प्रवक्ता प्रनाउ इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने, सडक प्रयोगकर्तामा ट्राफिक चेतनाको विकास गर्ने, सवारीसाधनको प्रयोग गरी हुने अपराध नियन्त्रण गर्ने, सडक यातायातलाई सुरक्षित बनाइ यात्रुमैत्री सहज वातावरण मिलाउने, सवारी जाम हुन गर्न नदिनुका साथै सम्भावित कोभिड–१९ र डेंगुको सङ्क्रमणको खतराबाट सर्वसाधरणलाई सु-सूचीत गराइ जोखिम न्यूनीकरण गर्नु कार्ययोजनाको मुख्य उद्देश्य छ ।

कार्ययोजनाका अनुरुप गण्डकी प्रदेशका ११ वटै जिल्लामा ३६० जना सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया