इन्डोनेसियामा पहिरो : ६ जनाको मृत्यु, ३ बेपत्ता

जाकार्ता । इन्डोनेसियामा पहिरोमा परि मंगलबार कम्तीमा छ जनाको मृत्यु भएको छ । परम्परागत सुन खानीमा गएको पहिरोमा परि अरु तीन जना हराइरहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । देशको दक्षिणी कालिमान्तान प्रान्तमा भएको घटनामा परी हराइरहेकाहरूको खोजी भइरहेको समाचारमा जनाइएको छ ।
खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, स्थानीय बासिन्दा, स्वयम्सेवक लगायत परिचालित छन् । मृत्यु भएका र डराईरहेका सबै जना खानीका मजदुर नै रहेको खोजी तथा उद्धार कार्यमा खटिएकाहरूलाई बताएका छन् ।
‘अहिलेसम्म छ ओटा शव भेटिएको छ, अरु तीन जना अझै पनि हराइरहेका छन्, हराइरहेकाहरूको खोजी कार्य भइरहेको छ,’ स्थानीय एक अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने ।
घटनास्थल निकै दुर्गम क्षेत्रमा पर्ने भएकाले थप विवरण आउन बाँकी नै रहेको पनि ती सरकारी अधिकारीले जानकारी दिएका छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया