शुक्रबार, वैशाख १४, २०८१

सल्यानमा जिप दुर्घटना, ८ जनाको मृत्यु

नेपालखोज २०७९ असोज १२ गते ७:०२

सल्यानको मुलपानीमा मध्यराति जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक महिला र सात पुरूष रहेको इलाका प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । दुर्घटनामा परि मुत्यु हुनेमा अधिकांश कपुरकोट ६ का स्थानीयहरु रहेका छन् ।

एकजना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको छ । बाँकेको ढकेरीबाट बिहेबाट फर्कदै गरेका व्यक्तिहरु दुर्घटनामा परेको बुझिएको छ । जिपमा नौ जना सवार रहेका थिए ।

प्रतिक्रिया