शनिबार, वैशाख १५, २०८१

बेलायती पाउन्ड एकको खरिददर १४० रुपैयाँ ६९ पैसा, बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा

नेपालखोज २०७९ असोज १२ गते ९:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ २४ पैसा र बिक्रीदर १३० रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९६ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०६ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ६३ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया