सोमबार, जेठ ७, २०८१

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

नेपालखोज २०७९ असोज १२ गते १०:४९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया