आइतबार, जेठ ६, २०८१

एभरेष्ट बैंकको बिर्तामोड शाखाको स्थानान्तरित कार्यालयबाट सेवा सुरु

नेपालखोज २०७९ असोज १२ गते १६:१५

काठमाडौं । विशेष कार्यक्रमका बीच एभरेष्ट बैंक लिमिटेड बिर्तामोड शाखाले झापाको बिर्तामोडमा आफ्नो कारोबार सुचारु गरेको छ । एक विशेष कार्यक्रमका बीच आफ्नो कारोबार सुचारु गरेको बताएकाे छ ।

उक्त कार्यक्रममा प्रदेश नं. १ का प्रादेशिक प्रबन्धक जनक चापागाँईले सो स्थानान्तरित शाखाबाट ग्राहकहरुले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए । पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

देशैभरि छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया