आइतबार, वैशाख २३, २०८१

एकल अंकले नेप्से बढ्दा ४८ करोड ५४ लाखको कारोबार

नेपालखोज २०७९ असोज १२ गते १५:४७

काठमाडौं । चार्डपर्व नजिकिंदै गर्दा यसको प्रभाव नेप्सेमा पनि पर्न थालेको छ । यसअवधिमा नेप्से सूचक बढ्दै गएपनि चार्डपर्वकै कारण हुन सक्छ, कारोबार रकम भने घट्दै गएको छ । लगानीकर्ताहरुले सेयर किनबेचमा भन्दा पनि चाडपर्व मनाउन रकम खर्च गर्ने भएकाले पनि केही दिन यतादेखि निरन्तर कारोबार रकम पनि घट्दै गएको छ ।

यस अनुसार साताको चौंथो कारोबार दिन आज (बुधबार) नेप्से ६ दशमलव ४१ अंकले बढेर १८ सय ३७ दशमलव ४६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४५ अंकले बढेर तीन सय ५९ दशमलव ५९ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय २१ वटा कम्पनीको ११ हजार नौ सय २७ पटकको कारोबारमा १३ लाख ७० हजार चार सय ७७ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ४८ करोड ५४ लाख आठ हजार सात सय ६८ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा चार वटा समूहहरुको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ५५ अंकले बढेर १२ सय ८९ दशमलव दुई अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक १८ दशमलव १२ अंकले बढेर तीन हजार दुई सय ७० दशमलव ४७ अंकमा पुगेको छ ।

जलबिद्युत समूहको सूचक चार दशमलव ५७ अंकले बढेर १९ सय ५९ दशमलव ६६ अंकमा पुगेको छ । निर्जिवन बिमा समूहको सूचक पनि २७ दशमलव ३७ अंकले बढेर सात हजार चार सय ८६ दशमलव ६९ अंकमा पुगेको छ । यसैगरी जीवन बिमा, होटेल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र लगानी समूहहरुको सूचक पनि बढेका छन् । फाईनान्स, ट्रेडिङ, अन्य र सामूहिक लगानी कोष समूहहरुको सूचक भने घटेका छन् ।

नेप्सेमा आज मन्दाकिनी हाइड्रो पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव २० प्रतिशतले बढेर तीन सय ७४ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा जिआईबिएफ १ को प्रतियुनिट सेयर मूल्य १० प्रतिशतले घटेर नौ रुपैयाँमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज नेशनल माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता ११ सय ५२ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ७५ लाख ९७ हजार आठ सय ४५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया