शुक्रबार, वैशाख १४, २०८१

तान्जनियामा ६० हजार कुकुरलाई रेविजविरुद्धको खोप

नेपालखोज २०७९ असोज १३ गते ८:३२

तान्जनिया । तान्जनियामा झन्डै ६० हजार कुकुरलाई रेविज विरुद्धको खोप लगाइने भएको छ । देशभरी आगामी एक हप्तामा त्यति धेरै खोप लगाउने योजना बनाइएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । पशुपक्षी मन्त्री माशिम्बा एनडाकीले ती खोप सबै निःशुल्क वितरण गरिएको र लगाउने कार्य सुरु भइसकेको जानकारी दिए ।

उनका अनुसार रेविज विरुद्धको खोप कुकुरका पालकहरुलाई वितरण गरिएको छ भने सार्वजनिक स्थलमा रहेको कुकुरका लागि छुट्टै व्यवस्था गरिएको छ । देशभरी रोविजबाट विरामी भएकाहरुको सङ्ख्या बढ्दै गएका नियन्त्रण गर्न खोप अभियान चलाइएको उनको भनाई छ ।

‘अहिले हाम्रा पशु स्वास्थ्य अधिकारीहरु कुकुरहरुलाई खोप लगाउनका लागि देशभरी नै खटिएका छन्’ उनले भने । यो कार्य आगामी अक्टोबर २ सम्ममा सम्पन्न गर्ने योजना रहेको उनले बताए ।

रेविज रोगले धेरै मानिसको मृत्यु पनि भएकाले आफ्ना कुकुरलाई रेविज विरुद्धको खोप लगाउनै पर्ने वाध्यकारी व्यवस्था सबै कुकुर पालकहरुलाई गराइएको छ । उहाँका अनुसार तान्जनियामा बार्षिक रुपमा १५ सय जनाको मृत्यु रेविजका कारण हुने गरेको देखिएको छ । रासस

प्रतिक्रिया