आइतबार, जेठ ६, २०८१

माछापुच्छ्रे बैंकले ल्यायो १० प्रतिशत क्यासव्याक अफर

नेपालखोज २०७९ असोज १३ गते ११:३०

काठमाडौं । माछापुच्छे बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसंगको सहकार्यमा नेपालीहरुको महान् चाड विजया दशमीलाई लक्षित गरिभाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ ।

चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्धेश्यले क्यासब्याक अफर संचालनमा ल्याएको हो । यो अफर असोज ८ गते देखि असोज १४ गते सम्मका लागि लागु रहने छ ।

जसअन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्यु आरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्म क्यासव्याक पाउन सक्नेछन् । साथै बैंक संगसगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरिकपडा एवं जुत्ताको खरीदमा थप १० प्रतिशत सम्मको छुट संचालनमा ल्याएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य नविनतम डिजिटल सेवाहरु मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता खोल्ने (मुद्धती खाता खोल्न) लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

प्रतिक्रिया