आइतबार, वैशाख २३, २०८१

१६ अंकले नेप्से बढ्दा ६२ करोडको सेयर किनबेच

नेपालखोज २०७९ असोज १३ गते १५:३४

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको अन्तिम कारोबार दिन आज पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ६ दशमलव ४१ अंकले बढेको नेप्से आज (बिहीबार) पुन: १६ दशमलव २९ अंकले बढेर १८ सय ५३ दशमलव ७६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८३ अंकले बढेर तीन सय ६३ दशमलव ४२ अंकमा पुगेको छ ।

दुई सय २३ वटा कम्पनीहरुको १४ हजार दुई सय ९८ पटकको कारोबारमा १७ लाख ९१ हजार चार सय ८० कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ६३ करोड २४ लाख सात हजार ६ सय २८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा जीवन बिमा समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव ३४ अंकले बढेर १३ सय दुई दशमलव ३६ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक ३८ दशमलव ८४ अंकले बढेर तीन हजार तीन सय नौ दशमलव ३१ अंकमा पुगेको छ ।

जलबिद्युत समूहको सूचक पनि आठ अंकले बढेर १९ सय ६७ दशमलव ६७ अंकमा पुगेको छ । निर्जिवन बिमा समूहको सूचक १४ दशमलव ६२ अंकले बढेर सात हजार पाँच सय एक दशमलव ३१ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, ट्रेड्रिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज अभियान लघुवित्त वित्तीय संस्थाको प्र्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर चार सय ३८ रुपैयाँ ७० पैसामा प्रतिकित्ता सेयर किनबेच हुँदा सामलिङ पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ९४ प्रतिशतले घटेर चार सय ६४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता तीन सय ६६ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ४८ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया