शनिबार, वैशाख ८, २०८१

चौबीस घण्टामा ४५ संक्रमित, ७० जना निको

नेपालखोज २०७९ असोज १३ गते १६:३०

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ४५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २ हजार ६७८ जनाको नमुना परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा र १ हजार ३७१ सय जनाको एन्टिजेन परीक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७० कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १ हजार ७७ पुगेको छ ।

प्रतिक्रिया