आइतबार, जेठ ६, २०८१

सानिमा बैंकको दसैँ तिहारमा विशेष छुटको योजना

नेपालखोज २०७९ असोज १३ गते २०:३०

काठमाडौं । नेपालीहरुको महान चाड वडा दसैँ र तिहारको अवसरमा, सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्युआर कोड मार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम एक सय रुपैंयाँसम्मको छुट प्रादन गर्ने भएको छ ।

यो योजना २०७९ आश्विन १६ देखि २२गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागु हुने बैंकले जानकारी दिएको छ ।

योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीनरूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । बैंकको देशका सातै प्रदेशमा एक सय २७ वटा कार्यालय तथा एक सय २० वटा एटीएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया