सोमबार, जेठ ७, २०८१

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपालखोज २०७९ असोज १४ गते १०:४७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेको छ । भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया