आइतबार, वैशाख २३, २०८१

सातामा दुई अर्ब ८५ करोड ३३ लाखको सेयर किनबेच

नेपालखोज २०७९ असोज १४ गते १२:२९

काठमाडौ । यो साता नेप्से एक हजार आठ सय ५३ दशमलव ७६ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६३ दशमलव ४२ अंकमा पुग्न सफल भएको छ ।

सातामा दुई सय २९ वटा कम्पनीहरुको ६५ हजार सात सय ३१ पटकको कारोबारमा ९२ लाख ८४ हजार एक सय २८ कित्ता किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब ८५ करोड ३३ लाख नौ हजार चार सय ९३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा निकै कम हो ।

गत साता भने नेप्सेमा दुई सय ३१ वटा कम्पनीहरुको ६७ हजार नौ सय ७८ पटकको कारोबारमा एक करोड ५२ लाख २७ हजार दुई सय ५२ कित्ता सेयर किनबेच भएको थियो । जसबाट उक्त साता चार अर्ब २० करोड ८४ लाख ५७ हजार सात सय ३१ रुपैयाँको सेयर कारोबार भएको थियो । यो साता चार कार्य दिन मात्र नेप्से खुलेको थियो । जसमध्ये पहिलो दिन नेप्से घटेको थियो भने तेस्रो, चौंथो र पाँचौ कार्य दिन भने नेप्से बढेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

जसमध्ये पहिलो दिन २३ दशमलव ८३ अंकले घटेर एक हजार आठ सय १५ दशमलव १३ अंकमा सिमित हुन पुगेको नेप्से अन्तिम कारोबार दिन १६ दशमलव २९ अंकले बढेर एक हजार आठ सय ५३ दशमलव ७६ अंकमा पुग्न सफल भएको थियो । यसबीचमा बाँकी दिनहरुमा पनि नेप्से बढेको थियो ।

यसैगरी पहिलो दिन तीन दशमलव ८३ अंकले घटेर तीन सय ५५ दशमलव ६० अंकमा सिमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स पनि अन्तिम कारोबार दिन तीन दशमलव ८३ अंकले बढेर तीन सय ६३ दशमलव ४२ अंकमा पुग्न सफल भएको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा नविल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम आदि अगाडि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेशनल हाइड्रो पावर कम्पनी, आदि अगाडि परेका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

प्रतिक्रिया