आइतबार, जेठ ६, २०८१

नेपाल लाइफको कल सेन्टर दशैंको विदाको समयमा पनि संचालनमा रहने

नेपालखोज २०७९ असोज १४ गते १६:४०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ ।

इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्नेछ । ग्राहकले कम्पनीको कल सेन्टरमा कल, इमेल, ह्वाट्स एप, भाईबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्ने छन् । यसबाट ग्राहकहरु लाभन्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ ।

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया