आइतबार, मंसिर ११, २०७९

कुनै पनि सञ्चार माध्यमलाई स्पष्टीकरण सोधेको छैन : आयोग

नेपालखोज २०७९ असोज १४ गते १८:४१

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले आमसञ्चारको अनुगमन गर्ने धृष्टता नगर्ने बताएका छन् । आयोगले कुनै पनि सञ्चार माध्यमलाई स्पष्टीकरण नसोधेको र अब पनि नसोध्ने उनको भनाइ छ ।

शुक्रबार आयोगले एक विज्ञप्ति जारी सञ्चार माध्यम एवं सामाजिक सञ्जालमाथि अनुगमन गर्ने र कारबही गर्ने प्रक्रियामा संलग्न नहुने बताएको छ ।

त्यस्तै, आयोगले निर्वाचनमा पत्रकार आचारसंहितामा भएका केही प्रावधन लागु गर्न आग्रह गर्ने समेत तयारी भएको बताए । स्वनियमन र स्वमूल्यांकन व्यावहारिक रुपमा लागु गर्न आग्रह गर्ने उनको भनाइ छ । 

प्रतिक्रिया