शुक्रबार, वैशाख १४, २०८१

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालखोज २०७९ असोज १५ गते ९:४१

काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८ नम्बरको जीप शनिबार बिहान पौने सात बजे कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटनामा भएको हो ।

दुर्घटनामा  कुमाख गाउँपालिका–७ का अन्दाजी ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया यनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

चार दिनअघि मात्र सल्यानको मुलपानीमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थल र १ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया