काठमाडौंकाे बांगेमुढामा बालेनकाे पुत्ला दहन
नेपालखोज
२०७९ असोज १५ गते २०:५४

काठमाडौं । काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वा:छे) मा काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।
उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए । स्थानीय वासिन्दाले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया