शुक्रबार, वैशाख ७, २०८१

नवदुर्गाको सातौं अवतार कालरात्रीको पूजा गरी मनाइँदै

नेपालखोज २०७९ असोज १६ गते ७:००

नवरात्रीको सातौंं दिन आज नवदुर्गाको सातौं अवतार कालरात्रिको पुजा एवं आराधना गरी मनाइँदै छ । कालरात्रीको स्वरूप भयानक भएपनि अत्यन्त शुभ फल दिने देवी हुन् ।

कालरात्रिको स्वरूपको प्रभावले सम्पूर्ण राक्षस, भूत, प्रेत, पिसाच तथा नकारात्मक ऊर्जा नाश हुने विश्वास गरिन्छ । आकस्मिक संकटबाट मुक्त गराउने देवी हुन् कालरात्री ।

माता कालरात्रिको ब्रम्हाण्ड समान गोलाकार तीन नेत्र, स्वासबाट आगो निस्कने, दाहिनेतर्फको माथिल्लो हात वर मुद्रामा, तल्लो हात अभय मुद्रामा तथा देब्रेतर्फको माथिल्लो हातमा फलामको हतियार, तल्लो हातमा खड्ग तथा कपाल खुल्ला हुन्छ । घना अन्धकार समान भयानक कालो स्वरूप भएकी, गधामा सवार हुने देवीलाई कालरात्रि भनिन्छ ।

प्रतिक्रिया