शुक्रबार, चैत १६, २०८०

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसंकका महासचिवले देखाए चासो

नेपालखोज २०७९ असोज १६ गते १८:२७

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सरकारमाथि हस्तक्षेप गरेको भन्दै पहिलेकै अवस्थामा फर्किन उनले बुर्किना फासोको सैनिकलाई आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएका हुन् । सेनाका तल्लो तहका अधिकारीहरूले शुक्रबार यसैवर्ष सेनाको बलमा गरिएको सैनिकको विद्रोहमार्फत् सत्तामा आएका सेनाप्रति बफादार मानिएको भनिएका एक नेता (जुन्टा) लाई देशमा जिहादी आक्रमणविरुद्ध लड्न असफल भएको भन्दै पदच्युत गरेका थिए ।

महासचिव गुटरेसले थप शक्ति हत्याउने तथा देशका प्रजातान्त्रिक संरचनाहरु भत्काउने जस्ता कार्य नगर्न र गर्न नदिन यहाँको सेनालाई आग्रह गर्नुभएको छ ।बुर्किना फासोका सेना प्रमुखले शुक्रबार यहाँका राष्ट्रपति सत्ताच्युत भएको घोषणा गरेका थिए ।

उनले देशको कार्यकारिणी अधिकार यहाँको सेनासँग रहेको पनि बताएका थिए । बुर्किना फासोको सरकारले सत्ता हत्याएको घटनाको युरोपेली सङ्घलगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले विरोध गरेका छन् । उनीहरुले प्रजातान्त्रिक तवरबाट सरकार सञ्चालन गर्ने वातावरण निर्माण गर्न यहाँको सेनालाई आग्रह गरेका छन् । रासस

प्रतिक्रिया