शुक्रबार, वैशाख १४, २०८१

कानपुर सडक दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुग्यो

नेपालखोज २०७९ असोज १६ गते २१:२०

कानपुर उत्तर प्रदेश  । भारतको उत्तर प्रदेशको कानपुरमा शनिबार भएको सडक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । उन्नावबाट फर्किरहेको भक्तजन बोकेको ट्याक्टर कानपुर जिल्लाको घाटमपुर क्षेत्रमा शनिबार साँझ दुर्घटना भएको थियो ।

दुर्घटनापछि प्रहरी घटनास्थलमा पुगी स्थानीयको सहयोगमा उद्धार कार्य सुरु गरेको थियो । घाइतेलाई तत्काल उपचारका लागि सामुदायिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । घाइतेमध्ये पाँच जनालाई कानपुर हलेट अस्पतालमा रेफर गरिएको छ ।

उनले भने, २६ जनाले ज्यान गुमाएका छन् भने अन्य घाइते भएका छन् । तीर्थयात्रीहरू फतेहपुरास्थित चण्डिका देवी मन्दिरबाट फर्किरहेका थिए ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारजनलाई दुई लाख भारतीय रूपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया