बिहीबार, वैशाख १३, २०८१

इन्डोनेसियामा फुटबल खेलको दंगामा मृत्यु हुनेको संख्या एक सय ७४ पुग्यो

नेपालखोज २०७९ असोज १६ गते २१:३५

इन्डोनेसिया । इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या एक ७४ पुगेको एक अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जनाएका छन् । स्थानीय समयानुसार आइतबार बिहान ९ : ३० बजे मृत्युको सङ्ख्या एक सय ५८ पुगेको थियो । भने १०ः३० यो सङ्ख्या एक सय ७४ पुगेको पूर्वी जाभा प्रकोप न्यूनीकरण एजेन्सीले सङ्कलन गरेको तथ्याङ्ग भएको पूर्वी जाभाका डेपुटी गभर्नर एमिल डार्डकले प्रसारक कोम्पासलाई टिभी च्यानललाई जानकारी दिए ।

इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो ।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अखिन्ताले दिएको समाचारमा खेलमा हार खाएको एक पक्षका समर्थकहरुले हार सहन नसकेर हिंसा मच्चाएका थिए । त्यसपछि त्यहाँ जम्मा भएको भीडमा भागदौड पनि मच्चिएको थियो । भागदौडमा परेर करिब दुई सय जना घाइते पनि भएका जनाइएको छ ।

हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए । त्यसलगत्तै प्रहरीले पनि भीड नियन्त्रण गर्नका लागि अश्रुग्यास प्रहार गरेको थियो ।प्रहरीले अश्रुग्यास हानेपछि सो खेल हेर्न त्यहाँ जम्मा भएका भिडका बीचमा भागदौड भएको थियो । धेरै जसो मानिस भागदौडमा परेर ज्यान गुमाएका थिए । रासस

प्रतिक्रिया