बिहीबार, वैशाख १३, २०८१

३३ जनामा कोरोना संक्रमण

नेपालखोज २०७९ असोज १७ गते ७:५२

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ३३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १ हजार ३७५ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण देखिएको हो ।

८५० जनाको पीसीआर परीक्षण गर्दा ३० जनामा र ५२५ सय जनाको एन्टिजेन परीक्षण गर्दा ०३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६६ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ८८९ पुगेको छ ।

प्रतिक्रिया