बिहीबार, वैशाख १३, २०८१

युरो एकको खरिददर १२७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२८ रुपैयाँ २९ पैसा

नेपालखोज २०७९ असोज १८ गते ९:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ७० पैसा र बिक्रीदर १३१ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२८ रुपैयाँ २९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४६ रुपैयाँ २१ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८९ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ७६ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया