बिहीबार, वैशाख १३, २०८१

चलचित्र ‘म राजेश हमाल’को प्रदर्शन मिति सार्वजनिक

नेपालखोज २०७९ असोज १८ गते १४:५६

काठमाडौं । केहि समय अघि नै सम्पूर्ण काम सकेर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘म राजेश हमाल’को फस्ट लुक पोस्टर संगै रिलिज मिति सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता केदार भुसालले आफ्नो जन्मदिन महानवमीको अवसर पारेर चलचित्र ’म राजेश हमाल’को रिलिज डेट सार्वजनिक गरेका हुन् ।

चलचित्र आगामी चैत्र १० गते बाट देशभर प्रदर्शनमा आउने छ । जोन योञ्जनको निर्देशनमा बनेको चलचित्रमा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन राज उप्रेती, सँजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भुमिका रहेको छ । चलचित्रमा आर्यन सिग्देल बिशेष भूमिकामा देखिने छन् भने राजेश हमालको आवाजले कथा बोकेको छ । चलचित्रका कथाकार जोन योञ्जन हुन भने पटकथामा जोनलाइ सायदले साथ दिएका छन ।

आलोक शुक्लाको छायाँकन, भिम विश्वकर्माको सम्पादन, मणि रत्न त्रिपाठिको साउण्ड डिजाइन रहेको चलचित्रको स्क्रिप्ट डक्टर भने केशव पाण्डे हुन । चलचित्रमा दिपक आर जे र कमल रेग्मीको संगीत रहेको छ । किरण कुमार महर्जन सह–निर्माता रहेको चलचित्रमा जिव लाल भुसाल, नविन भुसाल र श्रृषा भुसाल भने कार्यकारि निर्माता हुन् ।

बड पिक्चर, जोय पपया, ट्राइडेन्ट कन्सेप्ट र फोपिको ब्यानरमा बनेको चलचित्र फिल्कर आर्ट्सले निर्माण गरेको हो । फोपि अहिले पछिल्लो समयमा नेपाली चलचित्र जगतमा नयाँ स्वरुप सँग आएको ओटिटि प्लेटफर्म हो । चलचित्रलाई, आर आर फिल्मसले देशभरका हलहरुमा वितरण गर्दैछ । चलचित्रको डिजिटल राइटओएसआर डिजिटलले खरिद गरेको छ ।

राजेश हमाल केवल सुपारस्टार होइनन् उनि एक भावना हुन् भन्ने ट्यागलाइनमा बनेको चलचित्र को पोस्टर भने ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेन (भिमसेन शाही) ले डिजाइन गरेका हुन् । निर्माता केदार भसालले यसअघि प्रदर्शनको लागि घोषणा गरेको उनको पहिलो चलचित्र ‘कौसिद’ को नयाँ प्रदर्शन मिति कोजाग्रत पुर्णिमाको दिन सार्वजनिक गर्ने जानकारी दिए ।

प्रतिक्रिया