बिहीबार, वैशाख ६, २०८१

दक्षिण कोरियामा अहिले पनि दिनमा ३४ हजार भन्दा बढी कोरोना संक्रमित

नेपालखोज २०७९ असोज १९ गते १४:५३

सोल । दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित रहेका पाइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ ।

यहाँ अघिल्लो दिनमात्र १६ हजार जनामा मात्र कोरोनाका सङ्क्रमित पाइएकामा बुधबार ३४ हजार भन्दा बढी देखिएको हो । यहाँ अघिल्लो हप्ता दैनिक करिब २४ हजार जनामा सङ्क्रमण भएको बताइएकामा बुधबार यसमा बृद्धि भएको हो । पछिल्लो दिन यहाँ कम्तीमा पनि १६ जनाको ज्यान गएको छ ।

यहाँ अहिलेसम्म कोरोनाबाट २८ हजार जनाभन्दा बढीको कोरोनाले निधन भएको छ । त्यसैगरी यहाँ यो महामारीको सुरुवातदेखि अहिलेसम्म नै दुई करोड भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ ।

प्रतिक्रिया