शुक्रबार, जेठ ४, २०८१

फिलिपिन्समा कोभिडबाट ३९ जनाको मृत्यु

नेपालखोज २०७९ असोज २३ गते १४:३७

मनिला । फिलिपिन्समा पछिल्लो एक दिनमा मात्र कोभिडबाट कम्तीमा पनि ३९ जनाको ज्यान गएको बताइएको छ । शनिबार कोभिडबाट ३९ जनाको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुकाअनुसार कोभिडबाट शनिबार अघिको २४ घन्टामा मात्र दुई हजार एक सय ९७ जना सङ्क्रमित भएका थिए । दक्षिणपूर्वी एसियाली यो देशमा अहिलेसम्म कोभिडबाट ३९ लाख ६५ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका पाइएको छ ।

अहिलेसम्म कोभिडबाट ६३ हजार दुई सय ३० जनाको ज्यान गएको पाइएको छ । साथै कोभिडबाट यहाँ २७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । यस देशको मेट्रो मनिला सहरमा सबैभन्दा बढी मानिस प्रभावित भएका छन् । अहिले पछिल्लो समयमा फिलिपिन्समा कोभिडका संक्रमितहरु घट्दै गएका छन् ।

प्रतिक्रिया