आइतबार, जेठ ६, २०८१

निम्वसद्वारा पाँच वस्तुको तेस्रो मुलुकमा निर्यात सुरु

नेपालखोज २०७९ असोज २४ गते १०:३२

काठमाडौं । निम्वसले पाँच वस्तुको तेस्रो मुलुकमा निर्यात सुरु गरेको छ । निम्वसका अनुसार यो दशैबाट अचार, मसला, पिठो, चिउरा, गेडागुडी लगायतका वस्तुहरुको निर्यात सुरु गरिएको हो ।

हालका लागि क्यानडामा निर्यात सुरु गरिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले आउने दिनहरुमा अरु विभिन्न देश निर्यात गर्ने योजना बनाएको छ ।

कम्पनीको यस कार्यले देशको निर्यातमा केही योग्दान पु¥याउनुको साथै विदेशी मुद्रा भित्राइ देशको अर्थतन्त्रमा थप योगदान पु¥याउने आशा गरिएको छ ।

प्रतिक्रिया