सुनचाँदीकै भाउ घट्याे
नेपालखोज
२०७९ असोज २४ गते ११:२६

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीको भाउ घटेकाे छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर ९५ हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजाे छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य २५ रुपैयाँले घटेकाे छ । चाँदी आज प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया