श्रम रोजगार पत्रकारिता पुरस्कार पुन: घोषणा
नेपालखोज
२०७९ असोज २४ गते १२:५६

काठमाडाैं । श्रम तथा रोजगारका क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रम रोजगार पत्रकार समूहले ‘श्रम रोजगार पत्रकारिता पुरस्कार’ पुन: घोषणा गरेको छ । पुरस्कार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को साझेदारीमा समूहले स्थापना गरेको हो ।
गतवर्ष तीनजना पत्रकारहरू सो पुरस्कारबाट पुरस्कृत भएका थिए । यसवर्ष पनि तोकिएको अवधिभित्र प्रकाशित, प्रशारित भई पुरस्कारका लागि आवेदन प्राप्त सामग्रीहरू मध्येबाट उत्कृष्ट तीनवटा सामग्रीलाई पुरस्कृत गरिनेछ ।
पुरस्कारका लागि प्रवासी नेपाली समन्वय समिति(पीएनसीसी)को सहकार्य रहेको तथा पुरस्कारका लागि आवेदन प्राप्त सामग्रीहरूको मूल्याङ्कनका लागि तीन सदस्यीय एक छुट्टै स्वतन्त्र निर्णयक समिति गठन गरिने जनाइएकाे छ ।
विज्ञप्ति

सम्बन्धित

प्रतिक्रिया