शनिबार, वैशाख २२, २०८१

१६ अंकले नेप्से घट्दा ५५ करोड २७ लाखको सेयर किनबेच

नेपालखोज २०७९ असोज २५ गते १५:५०

काठमाडौं । नेप्सेको ओरालो यात्राले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २७ अंकले घटेको नेप्से आज पुन: १६ दशमलव ६ अंकले घटेर १८ सय ५५ दशमलव १६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २१ अंकले घटेर तीन सय ६३ दशमलव ६३ अंकमा झरेको छ ।

दुई सय २९ वटा कम्पनीहरुको १२ हजार दुई सय ९३ पटकको कारोबारमा १७ लाख ६७ हजार ६ सय ९२ कित्ता सेयर खरिद-बिक्री भएकोमा आज कुल कारोबार रकम ५५ करोड २७ लाख १२ हजार आठ सय ८५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा मंगलबार १३ वटा समूहको कारोबार भएकोमा ट्रेडिङ, होटल तथा पर्यटन र सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव ७१ अंकले घटेर १३ सय तीन दशमलव १२ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ४३ दशमलव दुई अंकले घटेर तीन हजार तीन सय २३ दशमलव ४४ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक पनि १५ दशमलव आठ अंकले घटेर १९ सय ६४ दशमलव ७७ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि ७० दशमलव ७९ अंकले घटेर सात हजार चार सय ४९ दशमलव १८ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय २३ दशमलव ७५ अंकले घटेर आठ हजार सात सय छ दशमलव तीन अंकमा झरेकोमा फाईनान्स, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज समिट लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर नौ सय २९ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा बिन्धावासिनी हाईड्रो पावर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य सात दशमलव १९ प्रतिशतले घटेर तीन सय ४१ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता सात सय ९२ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड १० लाख नौ हजार चार सय ४९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया