बिहीबार, वैशाख २०, २०८१

भारतको नयाँ प्रधानन्यायाधीश चन्द्रचुड बन्ने 

नेपालखोज २०७९ असोज २६ गते ७:१६

नयाँदिल्ली । भारतको नयाँ प्रधानन्यायाधीश डिवाई चन्द्रचुड बन्ने भएका छन् । वर्तमान प्रधानन्यायाधीश युयु ललितले मङ्गलबार भावी प्रधानन्यायाधीशको रुपमा चन्द्रचुडको नाम सिफारिस गरेका हुन् । उनी भारतको ५०औँ प्रधानन्यायाधीश बन्ने भएका छन् । उनको कार्यकाल आगामी नोभेम्बर ९ तारिखदेखि सुरु हुनेछ भने सन् २०२४ को नोभेम्बर १० तारिखमा सकिने छ ।

केन्द्रीय कानुन मन्त्रालयले गत हप्ता नै नयाँ प्रधानन्यायाधीश चयनका लागि प्रक्रिया अगाडि बढाएको थियो । मन्त्रालयको आग्रह अनुसार वर्तमान प्रधानन्यायाधीशले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरेका हुन् । वर्तमान प्रधानन्यायाधीश ललितले भने तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल गत अगस्ट २६ मा सकिएपछि जिम्मेवारी पाएका थिए । उनको कार्यकाल ७४ दिनको मात्र छ । रासस/एएनआई

प्रतिक्रिया