सोमबार, वैशाख ३१, २०८१

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

नेपालखोज २०७९ असोज २६ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन भाउ बढेको छ । भने चाँदीको मूल्य घटेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेको ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया