बिहीबार, वैशाख २०, २०८१

११ करोड ९० बाट ९ हजार झर्‍यो मार्क जुकरबको फेसबुक फलोअर्स

नेपालखोज २०७९ असोज २६ गते १३:२९

काठमाडौं । फेसबुकको सुरक्षा कमजोरीका कारण मार्क जुकरबर्गसहित लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब भएका छन् ।

बुधवार बिहानदेखि देखिएको सुरक्षा कमजोरीका कारण सेलिब्रेटीका फलोअर्सको संख्या घटेको देखिएको छ ।

फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गको फलोअर्स ११ करोड ९० लाख रहेकोमा घटेर ९ हजार हाराहरीमा देखिएको छ । न्युजविक डटकमले अमेरिकाका ठूला सञ्चार माध्यमको फलोअर्स ह्वात्तै घटेको उल्लेख गरेको छ ।

प्रतिक्रिया