शनिबार, जेठ ५, २०८१

सडक दुर्घटनामा एकको मृत्यु, तीन घाइते

नेपालखोज २०७९ असोज २६ गते १६:५५

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका २ झुरिखोलामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जीपमा रहेका तीन यात्रु घाइते भएका छन् ।

यो दुर्घटनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत काठमाडाँैतर्फ जाँदै गरेको सो गाडी अनियन्त्रित भएर पल्टिँदा चालकसहित चारजना घाइते भएका थिए ।

घाइते सबैलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजाने क्रममा चालकको मृत्यु भएको हो । घाइतेमध्ये वीरेन्द्रनगर नगरपालिका ७ का २२ वर्षीय शिशिर ज्ञवालीको अवस्था गम्भीर रहेको छ भने अन्य दुईजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया