आइतबार, वैशाख ३०, २०८१

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपालखोज २०७९ असोज २७ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ स्थिर छ । भने चाँदीको मूल्य घटेको छ । छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया