शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा ५१ संक्रमित

नेपालखोज २०७९ असोज २७ गते १६:०९

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ५१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १ हजार ७८६ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।

७२५ जनाको पीसीआर परीक्षण गर्दा ४५ जनामा र १ हजार ६१ सय जनाको एन्टिजेन परीक्षण गर्दा ०६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ६२२ पुगेको छ ।

प्रतिक्रिया