सोमबार, वैशाख २४, २०८१

पिपुल्स पावरको शेयर सूचीकरण

नेपालखोज २०७९ असोज २७ गते १७:००

काठमाडौं । खुर्सानीटारमा प्रधान कार्यालय रहेको पिपुल्स पावर लिमिटेडको शेयर सुचीकृत भएको छ । नेप्से सिम्बोल पिपिएल रहेको कम्पनीको प्रतिशेयर एक सय रुपैंयाँ अंकित मुल्य कायम रहने गरी ६३ लाख २६ हजार कित्ता शेयर सुचीकृत भएको हो ।

बिहिबार पिपुल्स पावर लिमिटेड तथा नेपाल स्टक एक्सचेन्जबिच सूचीकरण सम्झौता सम्पन्न भएको छ ।
पिपुल्स पावर लिमिटेडकोे प्राथमिक शेयर निष्काशन कार्य प्रभु क्यापिटल लिमिटेड मार्फत शेयर बिक्री खुल्ला भएको थियो ।

उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुमा वितरण गरिएको छ लाख ३२ हजार छ सय कित्ता (१० प्रतिशत), सर्वसाधारण लगानीकर्ता शेयरधनीहमा वितरण गरिएको (सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) २४ लाख ६७ हजार चार सय कित्ता (३९ प्रतिशत) र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता (५१ प्रतिशत) शेयर समेत गरी कुल ६३ लाख २६ हजार कित्ता साधारण शेयर वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा सुचीकृत भएको हो ।

कम्पनीले रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडलाई चयन गरेको छ । शेयर रजिष्ट्रारकोरुपमा प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभाशं तथा बोनश हितग्राहीको खातामा जम्मा गर्ने, शेयर रोक्का लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने कार्यहरु गर्नेछ ।

प्रतिक्रिया