शुक्रबार, जेठ ४, २०८१

सडक दुर्घटनामा किर्गिस्तानमा सात जनाको मृत्यु

नेपालखोज २०७९ असोज २८ गते १७:२०

बिश्केक ।दक्षिणी किर्गिस्तानको जलाल अबाद ओब्लास्टमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको क्षेत्रीय यातायात सुरक्षा विभागले शुक्रबार जनाएको छ ।

देशको उत्तर र दक्षिण जोड्ने बिश्केक-ओश राजमार्गको अला-बेल पासमा उक्त दुर्घटना भएको हो । दुई सवारीसाधन एक आपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् ।

यस वर्षको वर्षको शुरुदेखि किर्गिस्तानमा अहिलेसम्म ४,९७२ सडक दुर्घटनाहरू भएका छन् जसमा ४७७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया