शुक्रबार, जेठ ४, २०८१

टर्कीकाे एक कोइला खानीमा विस्फोट, २८ जनाको मृत्यु

नेपालखोज २०७९ असोज २९ गते १६:३०

अमासरा । उद्धारकर्ताहरूले शनिबार उत्तरी टर्कीमा कोइलाको खाडलमा फसेका एक दर्जन भन्दा बढी खानी कामदारहरूलाई उद्धार गरेका छन् । खानीमा मिथेन विस्फोटमा परि कम्तिमा २८ जनाको मृत्यु भएको थियो । ‘हाम्रा ५८ खानी कामदारहरू सकुशल बाहिर निस्कन सफल भएका छन् भने १५ जना कामदार अझै त्यहाँ फसिरहेको अनुमान छ । उनीहरूलाई बचाउने प्रयास गरिरहेका छौं,’ आन्तरिक मन्त्री सुलेमान सोयलुले जनाकारी दिएका छन् ।

सोइलुले यसअघि टर्कीको सबैभन्दा घातक औद्योगिक दुर्घटनामध्ये एक सो दुर्घटनामा करिब ११० जना कामदारले काम गरिरहेका थिए । ऊर्जामन्त्री फातिह डोनमेजका अनुसार विस्फोटपछि एउटा सुरुङमा आगो लागेको थियो। विस्फोटबाट प्रभावित सुरुङहरू जमिनबाट करिब ३०० र ३५० मिटर (गज) तल रहेको अनुमान गरिएको छ ।

स्वास्थ्यमन्त्री फहरेटिन कोकाले यसअघि सकुशल बाहिर निकालिएका ११ जनाको अस्पतालमा उपचार भइरहेको ट्वीट गरेका थिए । केही कामदारहरू विस्फोटपछि आफै बाहिर निस्कन सफल भएका थिए भने केहीलाई उद्धार गरिएको थियो । सो घटनापछि टेलिभिजनमा हृदयविदारक तस्बिरहरू देखाइएका थिए जसले घटनालाई नजिकबाट नियाल्न सहयोग पुगेको थियो ।

प्रतिक्रिया