सोमबार, वैशाख ३१, २०८१

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ असोज ३० गते १०:५६

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ हजार रुपैयाँले घटेको छ । तेजाबी सुन आज प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया