शनिबार, जेठ ५, २०८१

नेप्सेमा पुन: गिरावट, ५१ करोड ५८ लाखको सेयर किनबेच

नेपालखोज २०७९ असोज ३१ गते १६:५४

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन नौ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) पुन: दुई दशमलव ६१ अंकले घटेर १८ सय ५८ दशमलव ३३ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव दुई अंकले बढेर तीन सय ६५ दशमलव ६२ अंकमा चढेको छ ।

दुई सय १९ वटा कम्पनीहरुको १३ हजार ६ सय नौ पटकको कारोबारमा १६ लाख ३१ हजार तीन सय ४९ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ४१ करोड ५८ लाख १८ हजार नौ सय ९० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा ६ वटा समूहहरुको सूचक बढेर सात वटा समूहहरुको सूचक भने घटेका छन् । तिमध्ये वाणिज्य बैंक समुहको सूचक एक दशमलव ६२ अंकले बढेर १३ सय १३ दशमलव ६ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक १२ दशमलव ७७ अंकले बढेर सात हजार चार सय ९५ दशमलव सात अंकमा चढेको छ । यिबाहेक ट्रेडिङ, होटेल तथा पर्यटन, अन्य र सामूहिक लगानी कोष समूको सूचक पनि बढेका छन् ।

विकास बैंक समूहको सूचक भने २७ दशमलव ४८ अंकले घटेर तीन हजार तीन सय ३८ दशमलव ६८ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक १४ दशमलव १८ अंकले घटेर १९ सय ४२ दशमलव १३ अंकमा झरेको छ । यसैगरी फाईनान्स, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त र लगानी समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज अभियान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ४९ प्रतिशतले बढेर आठ सय आठ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा पिपुल्स पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले घटेर दुई सय ३० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी नबिल बैंकको प्रतिकित्ता सात सय ९४ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ७९ लाख १९ हजार दुई सय १५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबै भन्दा बढी हो ।

प्रतिक्रिया